Latest Activities :

Job Description

Published On : 2022-01-20 13:34:34

प्रशासन महाशाखा

  • आयोगको आन्तरिक,सामान्य तथा कर्मचारी प्रशासन र जनसम्पर्क।
  • आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण तथा सुधार।
  • वार्षिक योजना तयारी ,कार्यान्वयन तथा प्रतिवेदन सम्वन्धी।
  • बजेट तयार गर्ने, लेखा संचालन गर्ने, नगदी, जिन्सी, राजश्व आदिको दुरुस्त हिसाव राख्ने र लेखा परीक्षण।
  • स्वीकृत दरबन्दी रिक्त रहे वा नरहेको, रिक्त रहेको भए कानून बमोजिम माग भए वा नभएको, कानून बमोजिम नियुक्ति, सरुवा, वढुवा भए नभएको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी।
  • लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगसँग समन्वय।
  • आयोगको वार्षिक प्रतिवेदन,पत्रिका, वुलेटीनहरूको तयारी तथा प्रकाशन।
  • विभिन्न सेवा समूह उपसमूहका पदहरूको प्रतिशत निर्धारण सम्वन्धी कार्य।
  • आयोगका कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन, बढुवा, काज, सहमति, विदा सम्बन्धी कार्य।
  • विज्ञापन प्रकाशनका लागि आवश्यक पर्ने पाठ्यक्रम र न्यूनतम योग्यता सम्बन्धमा आवश्यक समन्वय गर्ने।
  • सचिवको निर्देशनमा अन्य कार्य गर्ने।

प्रशासन तथा सूचना प्रकाशन शाखा

  • आयोगको सामान्य प्रशासन तथा कर्मचारी प्रशासन।
  • आयोगको आवश्यकतानुसार प्रशासकीय सर्वेक्षण गरी गराई प्रतिवेदन तयार गर्ने र स्वीकृत सिफारिसहरू कार्यान्वयन गर्ने/गराउने।
  • आयोगको बैठक संचालन सम्बन्धी काममा सहयोग।
  • स्वीकृत दरबन्दी रिक्त रहे वा नरहेको, रिक्त रहेको भए कानून बमोजिम माग भए वा नभएको, कानून बमोजिम नियुक्ति, सरुवा, वढुवा भए नभएको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी कार्यको व्यवस्थापन गर्ने।
  • आयोगको गोष्ठीहरू संचालन गर्ने।
  • सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारीहरू तोकिएको समयमा नै प्रकाशन गर्ने।
  • कानून वमोजिम माग भए अनुसारका विवरणहरू प्रवक्ता तथा सूचना अधिकारीबाट समयमै उपलव्ध गराउने ।
  • खुला तथा बढुवाबाट पूर्ति गरिने पदहरूको माग संकलन, प्रतिशत निर्धारण, विज्ञापन गर्ने तथा परीक्षा सम्बन्धी कार्यक्रम समेत तयार गर्ने र विज्ञापन तथा सूचना प्रकाशित गर्ने।
  • सार्वजनिक प्रशासन (शिक्षक तथा विश्वविद्यालयको सेवा बाहेक) प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा सम्बन्धी प्राप्त तथ्यांकहरूको अभिलेख तयार गर्ने।
  • विभिन्न पदहरूका पाठ्यक्रम, दरखास्त फाराम, बुलेटिन, पत्रिका र आयोगवाट प्रकाशन गरिनु पर्ने अन्य सामग्रीहरू प्रकाशित गर्ने।
  • आयोगका विज्ञापन र सूचनाहरूको प्रचार प्रसार सम्बन्धी व्यवस्था मिलाउने।
  • विज्ञापन प्रकाशनका सन्दर्भमा सम्बन्धित आवश्यक विभिन्न पदको न्यूनतम शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धी कार्य जिम्मेवार शाखासँगको समन्वयमा यकिन गर्ने।
  • आयोग बार्षिक प्रतिवेदन तयारीको कार्य गर्ने/गराउने।
  • सूचनाको हक सम्बन्धी ऐन/नियमले तोकिएअनुसारका सूचना प्रकाशन गर्ने।
  • आयोगको कार्य सम्बन्धी जनचेतनामूलक सूचना तयार गरी प्रचार प्रसार गर्ने ।
  • निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने।

दर्ता चलानी तथा हेल्पडेक्स

  • अन्यत्र कार्यालयबाट प्राप्त चिट्ठी पत्रहरू दर्ता गर्ने तथा कार्यालयबाट अन्यत्र पठाउने पत्रहरू चलानी गर्ने।
  • प्राप्त पत्रहरू सम्बन्धित महाशाखा, शाखामा पुर्याई भर्पाइ गरिराख्ने।
  • पत्रको प्राथमिकता र प्रकृति अनुसार प्राथमिकताको छाप लगाउने।
  • जनसम्पर्क सम्बन्धी कार्य गर्ने।
  • आयोग र आयोग सम्बन्धी कार्यका विषायमा सोधनी गर्नेलाई जानकारी दिने।
  • आफूले जानकारी दिन सक्ने विषय आफैंले र नसक्ने विषयमा जानकारीका लागि सम्बन्धित शाखा वा पदाधिकारी समक्ष पठाउने।
  • टेलिफोन कल प्राप्त गर्ने र सम्बन्धित शाखा महाशाखामा ट्रान्स्फर गर्ने।

जिन्सी इकाई

  • आयोगको आन्तरिक प्रशासन सम्बन्धी कार्य गर्ने।
  • खरिद योजना तयारी, जिन्सी व्यवस्थापन तथा अभिलेख व्यवस्थापन।
  • आयोगका चल अचल सम्पत्तीहरूको सुरक्षा तथा सम्भार।
  • जिन्सी सामग्रीको आपूर्ति तथा वितरणको व्यवस्था मिलाउने।
  • जिन्सी निरीक्षण प्रतिवेदन पेश गर्ने।

नीति नियम तथा कानुन शाखा

  • प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा सम्वन्धी कानून तथा सेवा परिवर्तन सम्बन्धी विषयमा परामर्श सम्वन्धी कार्य।
  • ऐन बमोजिम नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श सम्वन्धी कार्य।
  • कर्मचारीको सेवाका शर्त सम्वन्धी प्रचलित कानून र त्यस्तो सेवाका पदको नियुक्ति, बढुवा र बिभागीय कारवाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श।
  • प्रदेश निजामती तथा स्थानीय सरकारी सेवाका कर्मचारीको बढुवा उजुरी, रिट निवेदनका लिखित जवाफ सम्बन्धी कार्य।
  • आयोगलाई कानुनी परामर्श दिने, आयोगको ऐन, नियम, निर्देशिका, कार्यविधि आदिको तर्जुमा।
  • प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका शर्त तथा सुविधा, सरुवा, बढुवा, सेवा परिवर्तन तथा विभागीय सजायँ आदि बिषयमा नीति निर्धारण सम्बन्धी कारवाही गर्ने।
  • आयोगको कार्यविधि सम्बन्धमा राय सुझाव पेश गर्ने।
  • प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सरकारी सेवा सम्बन्धी कानून/नियमहरूको संशोधन सम्बन्धमा आयोगको निर्णयानुसार राय, परामर्श दिने।
  • आयोगको अधिकार प्रत्यायोजन सम्बन्धमा राय सुझाव पेश गर्ने र प्रत्यायोजित अधिकारको प्रभावकारिता सम्बन्धमा अध्ययन विश्लेषण गर्ने।
  • सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने सूचना तथा जानकारीहरू प्रशासन तथा सूचना प्रकाशन शाखामा तोकिएको समयावधि भित्रै उपलव्ध गराउने।
  • प्रवक्ता तथा सूचना अधिकारीवाट कानून वमोजिम माग भए अनुसारका विवरणहरू समयमै उपलव्ध गराउने।
  • एक सेवा, समूह वा उपसमूहवाट अर्को सेवा, समूह वा उपसमूहमा सेवा परिवर्तनका लागि नीति निर्धारण गर्न राय पेश गरी आयोगको स्वीकृति बमोजिम आवश्यक कारवाही गर्ने।
  • प्रदेश निजामती तथा स्थानीय सरकारी सेवाका कर्मचारीलाई दिइने विभागीय सजाय सम्बन्धमा आयोगबाट स्वीकृत भए बमोजिम परामर्श तयार गर्ने।
  • प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका पदहरूको नियुक्ति, बढुवा तथा सेवा शर्त सम्बन्धी उजूरीहरूमा आवश्यक कारवाही गर्ने।
  • आयोगलाई विपक्षी बनाई अदालतमा परेको रिट निवेदन सम्बन्धमा आवश्यक कारवाही गर्ने।
  • आयोगको काम कारवाहीको सम्बन्धमा आवश्यक कानूनी राय सल्लाह उपलव्ध गराउने।
  • निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने।

पाठ्यक्रम तथा परीक्षण प्रविधि शाखा

  • आयोगबाट हुने परीक्षाहरूको लागि पाठ्यक्रम, परीक्षण प्रविधि, अनुसन्धान तथा विकास।
  • प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाको विभिन्न पक्षमा अनुसन्धानात्मक अध्ययन विश्लेषण र विकास।
  • आयोगको कामसंग सम्बन्धित विभिन्न पक्षको अध्ययन तथा अनुसन्धान।
  • विभिन्न सेवा समूह र उपसमूहका पदहरूको न्यूनतम शैक्षिक योग्यता र समकक्षता निर्धारण।
  • मनोवैज्ञानिक व्यक्तित्व एवम् आचरण परीक्षण सम्बन्धी।
  • लिखित परीक्षाको पाठ्यक्रम निर्माण तथा परिमार्जनको व्यवस्था गर्ने।
  • प्रत्यायोजित अधिकार अन्तर्गतका पदहरूको लागि लिइने परीक्षाका पाठ्यक्रम निर्माण सम्बन्धी व्यवस्था गर्ने ।
  • प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाको पाठ्यक्रम क्षेत्रभित्र आइपर्ने समस्या समाधानमा सुझाव दिने।
  • पाठ्यक्रमको उपयुक्तता, सामयिकता र प्रभावकारीता सम्बन्धी अध्ययन विश्लेषण गर्ने।
  • पाठ्यक्रम सम्बन्धमा विभिन्न क्षेत्रसंग सम्पर्क राखी सो सम्बन्धमा मन्तव्य तथा प्रतिक्रिया लिने।
  • पाठ्यक्रमको मूल्यांकन र अनुगमन गर्ने।

आर्थिक प्रशासन शाखा

  • चालु, पूँजीगत र विकास बजेट तयार गर्ने।
  • लेखा संचालन, लेखा परीक्षण र बेरुजु फर्छ्यौट सम्बन्धी काम गर्ने।
  • राजश्वको हिसाब दुरुस्त राख्ने।
  • थप वजेट व्यवस्थापन गर्न पहल गर्ने।
  • बजेट निकासा गर्ने गराउने।
  • आर्थिक कारोबारको क्रममा राय दिने।
  • आर्थिक तथ्यांक उपलव्ध गराउने।
  • खर्च मापदण्ड सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालय/प्रदेश लेखा नियन्त्रकले तोके बमोजिमका निर्देशनहरूको पालना गर्ने गराउने।
  • सचिव एवम् महाशाखा प्रमुखको निर्देशन बमोजिमका कार्य गर्ने।
  • आयोगको कार्यलाई छिटो, छरितो, विश्वसनीय, मर्यादित, गोप्य राख्न सूचना सञ्चार प्रविधिसम्वन्धी योजना तर्जुमा तथा कार्यक्रम तयार गर्ने।
  • नवीनतम सूचना सञ्चार प्रविधि उपयोग सम्बन्धी सम्भावनाहरू खोजी गरी सुझाव पेश गर्ने।
  • सूचना प्रविधि सम्वन्धी आवश्यक जनशक्ति तयार गर्न आवश्यक कार्यक्रमहरू तयार गरी पेशगर्ने।
  • सूचना प्रविधिसँग सम्वन्धित नियामक तथा सम्वद्ध निकायहरूवीच आवश्यक समन्वय गर्ने।
  • सूचना सञ्चार System निर्माण एवम् Maintenance गर्ने।
  • नयाँ प्रविधिहरूको पहिचान गरी सुझाव पेश गर्ने।
  • Networking and Network Troubleshooting गर्ने।
  • Database maintenance and administration गर्ने।
  • System Administration, software enhancement and modification, Hardware maintenance गर्ने।
  • Electrical, electronics, computer, Laptop को खरिद योजना तयार गर्ने, चेकजांच गर्ने र आवश्यक सुझाव दिने।
  • Public service recruitment management system संचालन तथा व्यवस्थापन गर्ने।
  • Online Application सम्वन्धी समस्याहरूको पहिचान गरी सुधारको उपायहरू खोजी गर्ने।
  • File Tracking System लागू गर्ने।
  • ICT Audit गरी सुझाव पेश गर्ने।
  • सूचना तथा प्रकाशन शाखालाई आवश्यक सहयोग पुर्‍याउने।
  • सूचना प्रविधि सम्वन्धी अनुसन्धान सम्वन्धी कार्य।
  • सूचना सञ्चार प्रविधि प्रयोग गर्ने सम्बन्धमा आवश्यक Programming सम्बन्धी कार्य गर्ने।

परीक्षा महाशाखा

  • परीक्षा सम्बन्धी आवश्यक नीति, नियम तर्जुमा सम्बन्धी कार्य व्यवस्थापन।
  • प्रश्न निर्माणकर्तालाई न्यूनतम शैक्षिक योग्यता र पाठ्यक्रममा आधारित मार्गदर्शन तयार गरी कच्चा प्रश्नहरू संकलन एवम् बैंक सम्वन्धी कार्य।
  • आयोगबाट संचालन हुने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाहरू संचालन गर्ने।
  • उत्तरपुस्तिकाहरूको संकेतीकरण सम्वन्धी कार्य।
  • परीक्षाका उत्तर पुस्तिकाहरू परीक्षण गराउने कार्य।
  • परीक्षा संचालन, नतिजा तयारी सम्वन्धी कार्य।
  • OMR एवम् अन्य प्रविधिवाट लिईने परीक्षाको उत्तरपुस्तिकाको संकलन, परीक्षण तथा नतिजा तयारी सम्वन्धी कार्य। साथै, आवश्यकतानुसार टिम (टोली) बनाई परीक्षण कार्य गर्न निर्देशन भए अनुरुप कार्य गराउने।
  • परीक्षा संचालन शाखा

    • लिखित परीक्षाको लागि आवश्यकतानुसारका कच्चा प्रश्नपत्रहरू संकलनका लागि सम्वन्धित माननीय सदस्यबाट दक्ष/विज्ञको मनोनयन गराउने।
    • परीक्षा भवनको व्यवस्था गरी परीक्षा संचालन गर्ने गराउने।
    • परीक्षा संचालन सम्बन्धी सुधारबारे आवश्यक सुझाव पेश गर्ने।
    • सामूहिक छलफल परीक्षा संचालन सम्बन्धी काम गर्ने।
    • विभिन्न विषयमा प्रश्न निर्माणकर्ता, दक्ष तथा विशेषज्ञहरूको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने।
    • दरखास्तहरू विज्ञापन अनुसार मिले नमिलेको छानवीन गरी स्वीकृत नामावली तयार गर्ने।
    • दरखास्त सम्बन्धी परेका समस्याबारे अध्ययन गरी परीक्षा संचालन अगावै टुंगो लगाउने।
    • OMR एवम् अन्य प्रविधिवाट लिईएका परीक्षाहरूका उत्तरपुस्तिकाहरू वुझ्ने।

    लिखित परीक्षा नतिजा तयारी शाखा

    • दोश्रो संकेतीकरण भई आएका उत्तर पुस्तिकाहरू परीक्षणको लागि शाखावाट पोकामा संकेतीकरण गर्ने।
    • परीक्षण भई प्राप्त उत्तर पुस्तिकाहरूको प्राप्ताङ्क रुजु गरी टेबुलेशन गर्ने।
    • लेजर तयार गरी दोश्रो संकेतको आधारमा परीक्षार्थीको योग्यताक्रम निर्धारण गरी लिखित नतिजा प्रकाशन शाखामा गोप्यरुपमा पठाउने।
    • पुनर्योगको लागि लिखित परीक्षा नतिजा प्रकाशन शाखावाट पत्र प्राप्त भएको अवस्थामा पूर्नयोगको व्यवस्था मिलाउने।
    • विभिन्न विषयका दक्षहरूको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने।

    लिखित परीक्षा नतिजा प्रकाशन शाखा

    • लिखित परीक्षा तयारी शाखावाट लिखित परीक्षा नतिजा प्रकाशनका लागि गोप्य सिलवन्दी खाम वुझिलिने।
    • प्राप्ताङ्क र पदको आधारमा नतिजा प्रकाशित गर्ने र सम्बन्धित शाखासंग समन्वय राखी अन्तर्वार्ता र अन्य परीक्षाहरूको कार्यक्रम निर्धारण गर्ने।
    • अध्यक्षज्यूवाट दोश्रो संकेत नम्वर र सचिवज्यूवाट पहिलो संकेत नम्वरका अर्धकट्टीहरू वुझिलिई नतिजा प्रकाशन सम्वन्धी कार्य गर्ने।
    • पुनर्योगको लागि पर्न आएका निवेदन संकलन गरी सम्वन्धित शाखामा पठाउने।
    • विज्ञापन गर्ने शाखासंग समन्वय गर्ने।
    • लिखित परीक्षा नतिजाको डिकोड तयार गर्ने।

    अन्तर्वाता तथा सिफारिश महाशाखा

    • परीक्षाका लागि आवश्यक प्रश्नहरु परिमार्जन (प्रश्नपत्र परिमार्जन) गराउने।
    • अन्तर्वार्ता सम्वन्धी कार्य गर्ने र अन्तर्वार्ता सम्बन्धी आवश्यक मार्गदर्शन तयार गरी लागू गर्ने, गराउने।
    • परीक्षा (लिखित एवं अन्तर्वार्ता) मा उत्तीर्ण उम्मेदवारहरु माग बमोजिम सिफारिश गर्ने सम्बन्धी कार्य गर्ने।

    प्रश्नपत्र परिमार्जन शाखा

    • आयोगका पदाधिकारीबाट समयमै दक्षहरूको मनोनयन गरी प्रश्नपत्र परिमार्जन गराउने।
    • दक्षहरूले प्रश्नपत्र परिमार्जन गर्दा अपनाउनु पर्ने प्रक्रिया र आयोगबाट स्वीकृत मान्यता सम्बन्धमा आवश्यक सुझाव दिने।
    • परिमार्जित प्रश्नपत्रहरूको स्तरीयता हेर्ने र आवश्यक संख्यामा प्रश्नपत्रहरू तयार गराउने।
    • दक्षहरूको सूची अद्यावधिक गर्ने।
    • आवश्यक सेट मिलाई प्रश्नपत्र भण्डारमा उपलव्ध गराउने।
    • निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने।

    अन्तर्वार्ता तथा सिफारिश शाखा

    • तोकिएको समयमा उम्मेदवारहरूको अन्तर्वार्ताको व्यवस्था गर्ने।
    • विभिन्न विषयमा दक्षहरूको नामावली संकलन गरी अद्यावधिक गराई राख्ने।
    • अन्तर्वार्ताका लागि दक्ष र विज्ञ मनोनयन सम्बन्धी काम गर्ने।
    • उम्मेदवारको शैक्षिक योग्यता विज्ञापित पद अनुसार मेल खाए नखाएको जाँच बुझ गर्ने।
    • अन्तर्वार्ता भन्दा अगावै उम्मेदवारहरूले पेश गरेका प्रमाणपत्रहरूको सक्कल प्रमाण भिडाई प्रमाणित गर्ने।
    • उम्मेदवारहरूको योग्यताक्रम तयार गरी सिफारिश गर्ने।
    • सिफारिश भएका उम्मेदवारहरूको लगत राखी नियमानुसार नियुक्ति दिए नदिएको अनुगमन गर्ने।
    • प्रयोगात्मक परीक्षा तथा सिप परीक्षण संचालन सम्बन्धी कार्य गर्ने।